दफा ५०
अभिकर्ता वा हकवाला समक्ष प्रस्तुत गर्न सकिने
प्रतिज्ञापत्र, विनिमेयपत्र र चेक स्वीकृति वा भुक्तानीको लागि क्रमशः लेखिदिने, स्वीकार गर्ने र ड्रयीको अभिकर्ता समक्ष प्रस्तुत गर्न सकिनेछ । तर त्यस्तो लेखिदिने वा स्वीकार गर्ने व्यक्ति वा ड्रयीको मृत्यु भईसकेको भए सो अधिकारपत्र निजको हकवाला समक्ष प्रस्तुत गर्नुपर्नेछ ।